Rule 12
जग्गा वितरण गर्ने –
(१) नियम ११ बमोजिम जग्गा एकीकरण सम्बन्धी कार्यलाई अन्तिम रुप दिइसकेपछि प्राधिकरणले सोही उपनियममा उल्लिखित म्यादभित्र साविकका जग्गाधनी वा मोहीलाई अस्थायी निस्सा सहित विकसित घडेरीहरु फिर्ता गर्नेछ ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित जग्गाधनी वा मोहीलाई अस्थायी निस्सा सहित विकसित घडेरी फिर्ता गरिसकेपछि प्राधिकरणले सो निस्सा अनुसार नक्सामा मिलान गर्न तथा सो अनुरुप जग्गाधनी दर्ता श्रेस्ता खडा गर्न र जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी वितरण गर्न सम्बन्धित नापी शाखा र मालपोत कार्यालयमा लेखी पठाउनु पर्नेछ र सम्बन्धित नापी शाखा र मालपोत कार्यालयले पनि सो अनुरुप नक्सा मिलान गर्ने, जग्गाधनी श्रेस्ता खडा गर्ने र जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी सम्बन्धित जग्गाधनी वा मोहीलाई वितरण गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नक्सा मिलान भई नयाँ जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी प्रमाण पूर्जा तयार भई सकेपछि आयोजनाभित्रको साविकको नक्सा र सो आयोजनाभित्र रहेका जग्गाधनी वा मोहीको साविकको सबै लगत श्रेस्ता स्वतःबदर हुनेछ ।